ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्वरोजगार लघुवित्त र जनकपुर लघुवित्तको एकीकृत कारोबार आजदेखि शुरु 

२०७७ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनकपुर लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आइतवारदेखि शुरु भएको छ । 

नेपाल राष्ट्र बैंकबाट गत असोज २ गते एकीकृत कारोबार गर्न स्वीकृती पाएसँगै ती कम्पनीले एकीकृत कारोबार शुरु गरेका हुन् ।

प्राप्ति गर्ने प्रस्ताव ती दुबै कम्पनीको विशेष साधारण सभाबाट पारित भएको थियो । गाभिएपछि स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुने कम्नपीले बताएको छ ।

आइतवारदेखि एकीकृत कारोबार हुने भएकाले सम्पूर्ण कार्यालयहरुको कार्य सञ्चालन बन्द हुने पनि कम्पनीले बताएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय साविककै काभेपलाञ्चोकको बनेपा– ५ मा हुनेछ । गाभिएपछि बन्ने कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ६३ लाख पुग्नेछ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्