ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आरएसडिसी लघुवित्तद्वारा १२.६३ % लाभांश वितरण गर्ने प्रस्ताव

२०७७ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं  । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/ ७७ को नाफाबाट १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 कम्पनीले ९ प्रतिशत बोनस शेयर र ३ दशमलव ६३ प्रतिशत नगद लाभांश गरेर कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । ९ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ७३ करोड १९ लाख पुग्नेछ ।

अघिल्लो आवको मुनाफाबाट कम्पनीले ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्