ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुनचाँदीको मूल्य फेरि बढ्यो 

२०७७ असोज, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं ।  नेपाली बजारमा साताको पहिलो दिन आइतवार  सुनचाँदीको मूल्य फेरि वृद्धि भएको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइवार सुनको मूल्य रू.८०० ले वृद्धि भएको हो ।

महासंघका अनुसार आइतवार सुनको मूल्य आइतवार प्रतितोला रू. ९५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रू. ९५ हजार १०० मा कारोबार भइरहेको छ । अघिल्लो साताको शुक्रवार सुनको मूल्य प्रतितोला रू.९४ हजार ८०० मा कारोबार  भएको थियो ।

आइतवार चाँदीको मूल्य पनि रू.४० ले वृद्धि भएर प्रतितोला रू.१ हजार २३५ मा कारोबार भइरहेको छ ।

केहि दिन यता सुनचाँदीको मूल्यमा सामान्य रुपमा घट्नेबढ्ने भइरहेको छ । केही समयअघि नेपालमा सुनको मूल्य प्रतितोला रू.१ लाखभन्दा माथि पुगेको थियो ।

सुनको मूल्य घटबढ भइरहेको र बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुनको खरीदविक्री भने अझै ठप्प अवस्थामा रहेको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्