ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद निस्कासन गर्न दियो धितोपत्र बोर्डमा निवेदन

२०७७ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न  नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ । 

कम्पनीले १ बराबर १ अनुपातमा रू.९९ करोड ८३ लाख २३ हजार २००  बराबरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो। कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नको लागि साउन १६ गते विद्युत नियमन आयोगको अनुमति पाएको थियोे । कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरलाई केयर रेटिङ नेपालको ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । शतप्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९९ करोडभन्दा बढी पुग्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्