ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो      

२०७७ असोज, २५  
अन्तरराष्ट्रिय
Image Not Found

 असोज २५, नयाँ दिल्ली । भारतमा आइतवार कोरोना भाइरस संक्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना संक्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३३४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।     
     
भारतमा गत २४ घण्टामा ७४ हजार ३८३ जनामा थप संक्रमण देखिएको र कोरोना संक्रमणको कारण ९१८ जनाको मृत्यु भएको छ । गत १३ दिन अर्थात सेप्टेम्बर १८ बाट अक्टोबर २८ सम्म कोभिड– १९ संक्रमितको संख्या १० लाख बढेको पनि समाचारमा बताइएको छ ।     
     
अझै पनि भारतभरी ८ लाख ६७ हजार ४६९ व्यक्ति संक्रिय संक्रमित रहेका छन् । कोरोनाको संक्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९७६ संक्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन् ।     
     
 कोरोनाको संक्रमण देखा परेयता भारतमा ८ करोड ६८ लाख ७७ हजार २४२ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आईसीएमआर) ले जानकारी दिएको छ ।     
     
 शनिवार एकै दिनमा पनि १० लाख ७८ हजार ५४४ जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिएको पनि आईसीएमआरले जानकारी दिएको छ ।    रासस /सिन्ह्वा 
   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्