ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एक्सेल डेभलपमेण्ट बैंकको १३ हजार कित्ता संस्थापक शेयर विक्रीमा

२०७७ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सर्वप्रथम बैंकका संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना  प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन कम्पनीले भनेको छ ।

तोकिएको समयभित्र कुनै आवेदन नपरेमा वा सबै शेयर खरीद गर्न आवेदन नपरेमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई विक्री गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्