ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा ८ लाख ८३ हजारभन्दा बढीले दिए आवेदन 

२०७७ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने अवधि सकिएको छ । 

गत असोज २१ गतेदेखि विक्री खुला भएको कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द भएको हो । कम्पनीले छिटोमा असोज २५ र ढिलोमा कात्तिक ६ गतेसम्म विक्री गर्ने मिति तय गरेको थियो । 

आइतवार पाँच बजेसम्म ८ लाख ८३ हजार ६२३ जना आवेदकबाट १ करोड ९० लाख १२ हजार ३४० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले बताएको छ । उक्त कम्पनीको आईपीओमा परेकाो यो संख्या हालसम्मकै धेरै हो ।

उक्त कम्पनीले सार्वजनिक निष्कासन मार्फत २७ लाख ३० हजार कित्ता शेयर विक्री खुला गरेको हो । यो शेयरमा माग भन्दा ६ दशमलव ९६ गुणा बढी आवेदन परेको हो । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याको रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओमध्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ ।

आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलले लिमिटेड रहेको छ । 
यो आईपीओ विक्रीका लागि असार १४ गते निवेदन दिएको उक्त कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ ।

रू. १ अर्ब जारी पूँजी रहेको यस कम्पनीको सर्वसाधारणलाई आईपीओ विक्री पश्चात जारी पूँजी बराबरको रकम कायम हुनेछ । उक्त कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३९ रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्