ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनरल इन्स्योरेन्सको आईपीओ सोमवार सूचीकृत हुँदै

२०७७ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ  सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने भएको छ । 

उक्त कम्पनीको आईपीओ सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा भने नेप्सेमा सूचीकृत हुनुपूर्वनै जम्मा भइसकेको छ । बाँडफाँट भएको एक सातामै यो कम्पीको शेयर कारोबार योग्य हुने भएको हो । कम्पनीको आईपीओ गत असोज २० गते बाँडफाँट भएको थियो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले जनरल इन्स्योरेन्सको शेयर सूचीकरणका लागि गत बिहीवारनै नेप्सेमा प्रक्रिया अघि बढाएकाले सोमवार सूचीकरण सम्झौताका लागि बोलाएको बताए । उनका अनुसार उक्त कम्पनीको शेयर कारोबार मंगलवारदेखि शुरु हुनेछ । 

कम्पनीको संस्थापकतर्फ रू. ७० करोड र सर्वसाधारणतर्फ रू. ३० करोडको शेयर स्वामित्व कायम भएको छ । कम्पनीले दुबैतर्फको रू. १ अर्ब बराबरको १ करोड कित्ता शेयर नेप्सेमा सोमवार सूचीकृत गराउने छ ।

 कम्पनीले सर्वसाधारणका लागि रू. ३० करोड बराबरको शेयर बाँडफाँट गरेको हो । उक्त कम्पनीले असोज ११ देखि १४ गतेसम्म रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री गरेको हो ।

कम्पनीले कुल कित्तामध्ये १ लाख २० हजार कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको र बाँकी २७ लाख ३० हजार कित्ता भने सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव शून्य २ रहेको छ भने प्रतिशेयर आम्दानी रू.२ दशमलव २५ रहेको छ । प्रतिशेयर नेटवर्थको आधारमा दोस्रो बजारमा उक्त कम्पनीको मूल्य निर्धारण हुनेछ । 

नेप्सेले नेटवर्थको तीन गुणासम्म मूल्य निर्धारण गर्ने व्यवस्था भएको हुदाँ उक्त कम्पनीको पहिलो कारोबार रू. ३०० भन्दा माथिबाटै खुल्ने देखिन्छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्