ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

केन्द्रीय बैंकले १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्दै       

२०७७ असोज, २५  
समाचार
Image Not Found

असोज २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार रू. १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले विक्री गर्न लागेकोमध्ये रू.३ अर्बको ट्रेजरी बिल भने नयाँ हो भने रू. १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।     

बैंकले कुल ३६४ दिने अवधिका लागि उक्त ट्रेजरी बिल विक्री गर्न लागेको सूचनामा उल्लेख छ । बैंकका अनुसार रू.३ अर्ब बराबरको नयाँ र रू. १५ अर्ब २५ करोड बराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल विसं २०७८ असोज २६ गते परिपक्व हुनेछ ।

सो ट्रेजरी बिल बोलकबोल विधिमार्फत विक्री गरिनेछ । यस्तै केन्द्रीय बैंकले यही असोज २० गते रू. १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्