ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बुद्ध एयरको २४ औं वार्षिकोत्सव : गुणस्तरीय सेवासँगै पर्यटन विकासमा जोड        

२०७७ असोज, २५  
समाचार
Image Not Found

असोज २५, काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आइतवार आफ्नो २४ औं वार्षिकोत्सवका अवसरमा आन्तरिक उडानमा एटीआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गरेको छ ।     
     
 सन् १९९७ मा आइतवारकै दिन अर्थात् अक्टोबर ११ मा नेपाली आकाशमा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै शुरुआतमा अमेरिकाबाट ब्राण्ड न्यू जहाजबीच क्राफ्ट १९०० डी भित्र्याएको थियो । आइतवार २३ वर्ष पूरा गर्दा बुद्ध एयरसँग १३  ओटा जहाज, १ हजारभन्दा बढी कर्मचारी तथा लाखौं देशीविदेशी यात्रु जोडिन आइपुगेका छन् ।     
     
 बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अनवरत यात्रामा यात्रुको सेवा गुणस्तर तथा सामाजिक उत्तरदायित्वलाई ख्याल गरी सेवा विस्तार र प्राविधिक क्षमता अभिवृद्धि गर्न कम्पनी लागिपरेको बताए ।उनका अनुसार उडान ठप्प भए पनि जहाजको नियमित मर्मतसम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गरिएन । 

कम्पनीले बन्दाबन्दीमा झण्डै छ महीना आम्दानी पनि शून्य रहेका अवस्थामा आफ्ना १ हजार १०० जना कर्मचारीलाई नियमित रूपमा तलब वितरण गरिएको बताएको छ । 

प्रबन्ध निर्देशक बस्नेतले भने, ‘हाम्रो पहिलो प्राथमिकता नै हरेक कर्मचारीको जीवनयापन सजिलो होस् र हाम्रा जहाजको मर्मतसम्भार रेखदेखमा कुनै पनि अवरोध नआओस् भन्ने हो । हामीले यस दौरान एक जना कर्मचारी पनि कटौती नगरी आवश्यक सबै तालीम सम्पन्न ग¥यौं ।’    
     
कम्पनीले बन्दाबन्दीको केही दिनमै संक्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याएको थियो । 

कम्पनीले यसलाई अक्षरशः पालना गर्दै हरेक कर्मचारीलाई तालीम तथा पीपीई प्रदान गरी उडान गन्तव्यमा पूर्वाभ्यास गरेको थियो । सेप्टेम्बर २१ देखि उडान सञ्चालन हुने भएपछि बुद्ध एयरले भाडा दरमा भारी कटौती गरेको छ । निम्नमध्य आय भएका नेपालीले पनि सुरक्षित तथा संक्रमणरहित यात्रा गरून् भन्ने उद्देश्य रहेको कम्पनीले विज्ञप्तिमा बताएको छ ।     
     
 आर्थिक चलायमानका सूचकांकमा यात्रुको ओहोरदोहर पनि एक हो । आन्तरिक पर्यटनलाई पुनः गति दिन बुद्ध एयरले पर्यटकीय गन्तव्य पोखरा र चितवनलाई प्रचारप्रसार गर्दै यसको भगिनी संस्था बुद्ध होलिडेजमार्फत प्याकेज पनि ल्याएको छ । रासस 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्