ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पेट्रोलियम पदार्थको अन्ध आयात

२०७७ असोज, २६  
१० वर्ष अघि
NA

नेपालमा पेट्रोलियम पदार्थहरूको बजार आगामी असार मसान्तसम्म ६० अर्ब रुपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ । भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडले गत माघ महिनामा सार्वजनिक गरेको एक अध्ययनले यो तथ्य बाहिर आएको हो । यही तथ्यांकलाई नेपाल आयल निगमले समेत आधार मानेको पटकपटक सार्वजनिक भएको छ ।

सामान्यतः वार्षिक रू. ४८–५० अर्बको हाराहारीमा भइरहेको पेट्रोलियमका पदार्थको आयात दुहबी र हेटौंडाका दुई तापीय भट्टीहरू सञ्चालनमा आउने भएपछि २० प्रतिशतले वृद्धि हुने भएको हो । अनुमान गरिएको यो रकम नेपालले यस वर्ष निर्यात व्यापारबाट आर्जन गर्ने सम्पूर्ण रकम बराबर हो ।

यस आवको पहिलो ७ महिनाको औसत निर्यात रू. ५१ अर्ब रहेको छ । अथवा नेपालले निर्यात गरेर कमाएको सबै रकम तेलजन्य पदार्थ खरिद गर्नमा नै खर्च हुने देखिन्छ । झन्डै रू. ३ सय ५० अर्बका आयातको तुलनामा रू. ६० अर्बको मात्र निर्यात हुनु र सम्पूर्ण आयातको २० प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थको मात्र हुनुले नेपालको व्यापार असन्तुलनको कहालीलाग्दो अवस्था देखाउँछ ।

बढ्दो सहरीकरण, आधुनिक जीवनशैली र यसका लागि आवश्यक पर्ने विद्युत् आपूर्तिको सर्वथा अभाव भएका कारण नेपालका लागि ऊर्जाको एकमात्र स्रोत महँगो मूल्यमा आयातित पेट्रोलियम पदार्थ भएको छ । पेट्रोलियम पदार्थको आपूर्ति शतप्रतिशत आयातमा निर्भर छ । यसको अर्को नकारात्मक पक्ष हो आयातित पेट्रोलियम पदार्थहरूको अत्यन्त सानो हिस्सामात्र उत्पादनमूलक क्षेत्रमा खर्च हुने गरेको छ ।

(सम्पादकीयबाट)
वर्ष ५, अंक ३१, २०६७, बैशाख ६–१२

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्