ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबीको किया गाडीमा अटो लोन सुविधा

२०७७ असोज, २६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनएमबी बैंक लिमिटेडले  कियाका गाडी खरिद गर्ने ग्राहकलाई २४ घन्टाभित्रै अटो लोन दिने भएको छ । बैंक र नेपालमा किया अटोमोबाइलको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबीच किया अटोमोबाइलको प्राथमिक फाइनान्सिङको रुपमा सहज कार्यान्वयन गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीमा एनएमबी बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका निर्देशक आशीष पौड्यालले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार बैंकका ग्राहकलाई कन्टिनेन्टल ट्रेडिङले सर्वसुलभ ब्याजदरमा २४ घन्टाभित्र अटो लोन प्रवाह गर्नेछ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्