ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रोयल इन्फिल्डका दुई बाइकको साताव्यापी टेस्ट राइड

२०७७ असोज, २६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रोयल इन्फिल्डका दुई बाइक हिमालयन र इन्टरसेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्स फन’ हुने भएको छ ।

नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड सोरुम बालाजुमा  कार्यक्र आयोजना गर्ने भएको हो ।

आगामी आइतबारदेखि एक सातासम्म चल्ने सो टेस्ट राइड बिहान १० देखि बेलुकी ५ बजेसम्म गर्न सकिनेछ ।  सो अवसरमा गाइड मार्सलको सहयोगमा ट्रायल ट्रयाकमा बाइक गुडाउन सकिनेछ । टेस्ट राइड गर्ने राइडरलाई रोयल इन्फिल्डका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने विवेक अटोमोबाइल्सले जनाएको छ ।

रोयल इन्फिल्डका दुई प्रिमियम बाइक हिमालयन र इन्टरसेप्टरको राइड अनुभव लिन पाउँदा राइडर खुसी हुने अपेक्षा कम्पनीको छ ।

हिमालयनमा ४११ सिसीको सिंगल सिलिन्डर एयर–कुल्ड एसओएचसी इन्जिन छ । यसले २४.५ पीएस पावर र ३२ एनएम टर्क प्रदान गर्छ ।

हिमालयन साधारण र दमदार लुक भएको बाइक हो, जसको ड्यासबोर्डमा मोडर्न टच रहेको छ । स्पिडोमिटर, ट्रिपमिटर, फ्युल गेज, डायरेक्सनल कम्पस र अन्य जरुरी इन्फर्मेसन एनालग डायल र डिजिटल डिस्प्लेमा देख्न सकिन्छ । इन्टरसेप्टर बाइकमा ६४८ सीसी, एयरकुल्ड, एसओएचसी, फ्युल इन्जेक्टेड प्यारालल ट्विन मोटर इन्जिनको प्रयोग गरिएको छ । यसले ४७ बीएचपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्छ ।

बाइकमा ६ स्पिडको गियरबक्स र स्लिप असिस्ट क्लच समावेश गरिएको छ । बाइकको अधिकतम गति १६३ किलोमिटर प्रतिघन्टा छ । यी दुई बाइकको मूल्य क्रमशः ८ लाख ९८ हजार र १२ लाख ४९ हजार रुपैयाँ छ ।

कम्पनीले सामाजिक सञ्जालमार्फत आयोजना गरेको ‘नो योर इन्फिल्ड’ विजेताको घोषणासमेत सोही अवसरमा फेसबुक लाइभमार्फत गर्ने बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्