ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दरबार हाइस्कुलमा डिजिटल शिक्षा चलाउन सनराइज बैंकको सहयोग

२०७७ असोज, २६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सनराइज बैंकले स्थापनाको १४ औं वर्ष अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गरिरहेको जनाएको छ ।

बैंकले आइतबार जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । कोभिड–१९ ले शैक्षिक संस्थाहरु पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको अवस्थामा केही निजी विद्यालयले डिजिटल कक्षा सञ्चालन गर्दै आएका पनि सरकारी विद्यालयमा त्यसको पहुँच पुग्न सकेको छैन ।

बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाइस्कुलअन्तर्गतको भानु माविका विद्यार्थीलाई डिजिटल कक्षा सञ्चालन गर्न  तीन लाख रुपैयाँ सहयोग गरेको छ ।

आइतबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जोन्ता क्लब काठमाडौंका अध्यक्ष श्रीमती सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरेका थिए । देश विकासको अपरिहार्य  शिक्षामा डिजिटल गर्ने उद्देश्यले उक्त सहयोग गरेको पौड्यालले बताए । जोन्ता क्लब काठमाडौंका अध्यक्षसीमा गोल्छाले बैंकले डिजिटल शिक्षालाई प्राथमिकता दिई गरेको उक्त सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्