ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

डाट्सनको न्यू रेडी गो नेपालमा

२०७७ असोज, २६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जापानी अटो निर्माता कम्पनी डाट्सनले नयाँ गाडी रेडी गो नेपाली बजारमा ल्याएको छ । स्पोर्टी तथा प्रोग्रेसिभ यो गाडीमा विभिन्न प्रिमियम फिचर रहेको कम्पनीले बताएको  छ । यसले गाडी चालकको अनुभवलाई बोल्ड एवं नवीनस्तरमा पु¥याउने विश्वास कम्पनीको छ ।  गाडीमा भिज्युअल अपिलिङका लागि एल–आकारका डीआरएल, स्लिक हेडल्याम्पको साथमा सिल्भर डेकोरेसन, एलईडी फग ल्याम्प, १४ इञ्चको पांग्रा आदि रहेका छन् । यसमा पेन्टेब्लेड ड्युअल टोन ह्विल कभर, एलईडी सिग्नेचर टेल ल्याम्प तथा डोर ट्रिम्पलगायत सुविधा छन् । १.० लिटर इन्जिन रहेको यस कारको सोरुम मूल्य २३ लाख ९९ हजार रुपैयाँ पर्छ ।

नयाँ डाट्सन रेडी गो स्ट्रङ भ्याल्यु पोजिसनको साथ उच्च गुणस्तरीय उत्पादन रहेको निशान इन्डिया अपरेसनका अध्यक्ष सिनान् ओजक्कोकले बताए । जापानी प्रविधिद्वारा निर्माण गरिएको गाडीमा रहेका सुविधा एवं विशेषताले युवाका अधिकांश आवश्यकतालाई सहजै पूरा गर्ने उनको भनाइ छ ।

नयाँ रेडी गो दुई नयाँ रंगको साथ जम्मा ६ रंगमा उपलब्ध छ । स्यान्डस्टोन ब्राउन (नयाँ) भिभिड ब्लु (नयाँ), ब्लेड सिल्भर, ब्रोन्ज ग्रे, ओपल ह्वाइट तथा फायर रेडमा गाडी उपलब्ध छ ।

डाट्सनले १ वर्षको वा २० हजार किमिको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गराएको छ । यो प्रवद्र्धनात्मक अवधिमा गाडी खरिद गर्ने ग्राहकका लागि बिनाअतिरिक्त शुल्क तीन वर्ष वा ३० हजार किमिसम्म वारेन्टी दिइनेछ । खरिदकर्ताले चालू आवको सवारी कर तथा काठमाडौं उपत्यकाभित्र रोडसाइट सेवा पनि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्