ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चालू आवमा १७ करोड रुपैयाँ खर्चिंदै कृषि ज्ञान केन्द्र

२०७७ असोज, २६  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

पर्वत । कृषि ज्ञान केन्द्र पर्वतले चालू वर्षमा सञ्चालन गर्ने कार्यक्रम र त्यसका लागि विनियोजन भएको बजेट सार्वजनिक गरेको छ । कार्यालयले १७ करोड ३९ लाख ८ हजार रुपैयाँको कुल बजेट कार्यक्रमका लागि स्वीकृत गरेको छ । यसमा पूँजीगततर्फ ४ करोड १६ लाख र चालूतर्फ १३ करोड २३ लाख ८ हजार रहेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले दिएको जानकारी अनुसार कार्यालयलाई संघ सरकारको सशर्ततर्फ ४ करोड ८० लाख ५५ हजार र प्रदेश सरकारबाट चालूतर्फ ८ करोड ४२ लाख ५३ हजार रुपैयाँको सिलिङ प्राप्त भएको छ ।

कृषिको व्यावसायिकीकरण, यान्त्रिकीकरण र प्राविधिकीकरणमा जोड दिएर कार्यक्रम सञ्चालन गरिने रेग्मीले बताए । कार्यालयले चालू वर्ष ७२ ओटा साना व्यावसायिक कृषि फार्म स्थापना तथा विस्तार गर्ने, ५ ओटा स्थानीय कृषि उपज विक्री केन्द्र स्थापना गर्ने, ३२ ओटा ग्रीन हाउस निर्माण गर्ने, ७० ओटा यान्त्रिक उपकरण अनुदानमा वितरण गर्ने लक्ष्य राखेको छ । यस्तै १० ओटा आलु पकेट क्षेत्र विस्तार गर्ने, ५ ओटा पकेटमा रैथानेबाली क्षेत्र बनाउने, ३५ ठाउँमा उन्नत कृषि प्रविधि प्रदर्शनीस्थल निर्माण र दुईओटा मूल्य श्रृंखलामा आधारित परियोजना सञ्चालन गरिने कार्यालयले बताएको छ ।

कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रामकृष्ण अर्यालले साना तथा आधुनिक सिँचाइ विस्तार, च्याउ घर निर्माण, कृषि यन्त्र उपकरण खरीद, पुस्तकालय व्यवस्थापन समेतको लक्ष्य राखिएको बताए । १० हेक्टर जमीनमा बीउ उत्पादक गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ तथा सामग्री सहयोग गर्ने, दुईओटा फलपूmल नर्सरी तथा स्रोत केन्द्र स्थापना गर्ने, मकै, भटमास, चैतेधान खेती विस्तार गर्दै जाने, क्षेत्रफलको आधारमा तरकारीखेती गर्नेलाई प्रोत्साहन गर्ने, बालीको बीमा शुल्कमा २५ प्रतिशत अनुदान दिने तय भएको जानकारी उनले दिए ।

यस्तै कार्यालयले घरघरमा प्रांगारिक मल उत्पादन कार्यक्रम सञ्चालनको तयारी गरेको छ । कार्यालयमा करेसाबारी तथा बगैंचा सहयोग कार्यक्रम, कृषक राहात तथा मागमा आधारित सहयोग कार्यक्रम तथा विभिन्न खाले प्राविधिक तालीम सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्