ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कृषि ज्ञान केन्द्र पर्साको १५ करोडभन्दा बढी रकम फ्रिज

२०७७ असोज, २६  
प्रदेश ०२
NA

पर्सा । प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको १५ करोडभन्दा बढी रकम फ्रिज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शीर्षकमा रू. २० करोड ४१ लाख ४५ हजार विनियोजन गरे पनि सयममा कार्यविधि नपठाउँदा रू. १५ करोड ८५ लाखभन्दा बढी खर्च हुन नसकेको हो ।  

प्रदेश सरकारले भदौ महीनामा कार्यक्रम तथा अनुदान शीर्षकमा रू. ९ करोड ५९ लाख ३२ हजार, प्रशासनिक तलब तथा ब्याज अनुदानमा रू. ८ करोड ५७ लाख ४३ हजार, सवारीसाधन, मेशिनरी तथा फर्निचर खरीदमा रू. १ करोड ४७ लाख, मेशिनरी तथा औजार खरीदमा रू. ५२ लाख ७० हजार र सार्वजनिक समृद्धि कार्यक्रममा रू. २५ लाख पठाइएको भए पनि सवारीसाधन खरीदमा रू. ५५ लाख ३५ हजार र कृषकको ब्याज अनुदानमा रू. ४ करोड मात्र खर्च भएको कार्यालयले बताएको छ ।

प्रदेश सरकारले समयमा कार्यविधि नठाएकाले कार्यक्रम सञ्चालन हुन नसक्दा विनियोजित बजेटको २२ प्रतिशत रकम मात्र खर्च भएको कृषि ज्ञानकेन्द्रका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिए । मन्त्रालयबाट कार्यविधि आउन ढिलाइ हुने गरेकाले विनियोजित बजेटको ठूलो हिस्सा प्रत्येक वर्ष फ्रिज हुने गरेको उनले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्