ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चाडपर्व लक्षित अनुमगनमा तिव्रता, २४ ओटा उद्योग विरुद्ध मुद्दा    

२०७७ असोज, २६  
समाचार
Image Not Found

असोज २६, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । 

चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकुल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाइएको जानकारी दिए ।
     
तत्कालै गुनासो सुन्न तयार पारिएको समुह ‘र्यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४  ओटा उजुरी परेकोमा एक पानी उद्योग अनुमती वीना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ । खाद्य ऐन विपरित रहेको दुई ओटा उद्योगलाई उत्पादन रोक्का गरिएको विभागले बताएको छ । अन्य २१ ओटा उद्योग विरुद्ध भने मुद्दा चलाइएको दाहालले जानकारी दिए ।
     
उनका अनुसार विभाग र मातहतका कार्यालयबाट कुल ३९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन भएको थियो । त्यसमध्य खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छता सम्बन्धि १५५ गरी ४३३ ओटा नमूना संकलन भएको थियो ।

परीक्षणका क्रममा १४ ओटा नमूना प्रतिकुल देखिएकाले कारावही गरिएको छ । अन्य अनुसन्धान कै क्रममा रहेको बताइएको छ । विभागअन्तरगत मुलुकमा २४ ओटा डिभिजन कार्यालय र १२ ओटा स्थानमा खाद्य आयात/ निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय रहेको छ । यसअघि कार्यालयले भदौ २८ देखि नै तीन ओटा अनुगमन टोली परिचालन गर्दै आएको छ । कोभिड–१९ का कारण पिउने पानी, दूध तथा दानाकोअनुगमन गरिएको थियो ।     
     
अहिले भने चाडबाड केन्द्रीत अनुगमन टोली तयार गरी परिचालन गरिएको विभागले बताएको छ । मातहतका कार्यालयलाई समेत अनुगमनलाई तिब्रता दिन दिर्नेशन दिइएको छ ।     
यसअघि पानी उद्योगमा ५४ पटक अनुगमन भएको र २५ ओटा नमूना सङ्कलन भएको थियो । दुई ओटा नमूना प्रतिकुल देखिएकाले कारवाही प्रक्रिया अघि बढेको बताइएको छ । अन्य नमूना विष्लेषणको क्रममा छ ।     
सात दुग्ध उद्योगमा अनुगमन भएकोमा छ ओटाको नमूना सङ्कलन भएको छ । खाद्य व्यवसायको ३१ ओटा ठाउँमा अनुगमन भएकोमा ३४ ओटा नमूना सङ्कलन गरिएको र एउटा प्रतिकुल देखिएकाले कारवाही प्रक्रिया शुरु गरिएको विभागले बताएको छ ।     
     
चाडबाडमा समेत गुनासो सम्बोधन गरिने     
     
विभागले चाडबाडको विदाको समयमा पनि गुनासो सुन्ने भएको छ । यस्तै प्रयोगशाला परीक्षण समेत सञ्चालन गरिने विभागले एक सूचनामार्फत जानकारी दिएको छ । त्यसका लागि सम्पर्क व्यक्तिसमेत तोकिएको छ । खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको विभिन्न नियम निर्देशिका कार्यान्वयनमा तिब्रता दिइएको सहप्रवक्ता दाहालले बताए । रासस 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्