ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एक घण्टामा ५.२६ अंक घट्यो बजार, ३३ करोडभन्दा बढीको कारोबार 

२०७७ असोज, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । सोमवार पनि नेप्से परिसूचक घट्ने क्रम जारी छ । गत बिहीवारदेखि नेप्से परिसूचकमा निरन्तर गिरावट आईरहेको छ ।

सोमवार १ हजार ५८० दशमलव १५ विन्दुदेखि खुलेको बजार एक घण्टामा ५ दशमलव २६ अंक घटेर १ हजार ५७१ विन्दुमा झरेको छ । उक्त अवधिसम्म ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९९ अंक घटेर ३१० दशमलव ७४ विन्दुमा झरेको छ । 

सोमवार एक घण्टामा १६९ ओटा कम्पनीको ७ हजार २१० पटकको व्यापारमा रू.३३ करोड ७७ लाख ९९ हजार बराबरको १३ लाख ५४ हजार कित्ता शेयर कारोबार भएको छ ।

एक घण्टामा अरुणभ्याली हाइड्रोपावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने तयारी गरेको छ । 

कम्पनीले शतप्रतिशत हकप्रद विक्री गर्न असोज २१ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य एक घण्टाको कारोबारमा ७ प्रतिशतले घटेको छ ।

एक घण्टाको कारोबारमा १२ ओटा समुहमध्ये व्यापारिक समुहको शून्य दशमलव २३ प्रतिशत र अन्य समुहको स्थिर रहेको छ भने बाँकी समुहको परिसूचक घटेको छ । यो दिन वित्त समुहको परिसूचक सर्वाधिक १ दशमलव ३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्