ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनरल इन्स्योरेन्सको आईपीओ सूचीकृत, नेप्सेले तोक्यो खुलामूल्य रेञ्ज 

२०७७ असोज, २६  
लगानी
NA
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

असोज २० गते बाँडफाँट भएको उक्त कम्पनीको आईपीओ मंगलवारदेखि कारोबार गर्न सकिने गरी सोमवार सूचीकृत भएको हो । 

नेप्सेले पहिलो कारोबारका लागि रू. १०१ दशमलव ७६ देखि रू. ३०५ दशमलव २८ सम्मको ओपनिङ मूल्य रेञ्ज तोकेको छ । सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भइसकेको यो शेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिने भएको हो । कम्पनीको स्टक संकेत ‘जीआईसी’ बाट अवदेखि कारोबार हुनेछ ।

कम्पनीको संस्थापकतर्फ रू. ७० करोड र सर्वसाधारणतर्फ रू. ३० करोडको बराबरको १ करोड कित्ता शेयर सूचीकृत भएको हो । उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव शून्य २ रहेको छ भने प्रतिशेयर आम्दानी रू. २ दशमलव २५ रहेको छ । 

सूचीकरण सम्झौतापत्रमा सोमवार कम्पनीका महाप्रबन्धक एसके तमोट र नेप्सेका कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका छन् । उक्त कम्पनी र नेप्सेबीच  शेयर सूचीकरण सम्झौता भएको हो ।

प्रतिशेयर नेटवर्थको आधारमा नेप्सेले पहिलो कारोबारको मूल्य तय गरेको हो । नेटवर्थको तीन गुणासम्म नेप्सेले पहिलो कारोबारका लागि मूल्य तोक्ने व्यवस्था छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्