ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

७७ करोडभन्दा बढीको शेयर कारोबार, मुक्तिनाथ विकास बैंकको सबैभन्दा बढी ( १ बजेको अपडेट )

२०७७ असोज, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । सोमवार दोस्रो घण्टामा रू. ७७ करोड १४ लाख २४ हजार बराबरको शेयर कारोबार भएको छ । उक्त अवधिसम्म १८४ ओटा कम्पनीको १४ हजार ३९३ पटकको व्यापारमा उक्त रकम बराबरको २८ लाख १३ हजार बराबरको शेयर कारोबार भएको हो । 

उक्त अवधिसम्म मुक्तिनाथ विकास बैंकको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । उक्त कम्पनीको दोस्रो घण्टासम्म रू. ६ करोड २१ लाख ६३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 

दोस्रो घण्टामा नेप्से परिसूचक भने ५ दशमलव ४५ अंक घटेर १ हजार ५७० दशमलव ८२ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७२ अंक घटेर ३११ दशमलव शून्य २ विन्दुमा छ ।

सर्वाधिक रकमको शेयर कारोबार गरिरहेको मुक्तिनाथ विकास बैंकको शेयरमूल्य पनि यो अवधिसम्म सर्वाधिक ५ दशमलव ९७ प्रतिशत बढेको छ । यो अवधिसम्म समृद्धि फाइनान्सको शेयर मूल्य सर्वाधिक ६ दशमलव २९ प्रतिशतले घटेको छ । 

दोस्रो घण्टासम्म व्यापारिक, विकास बैंक र उत्पादन तथा प्रशोधन समुहको परिसूचक बढेको छ भने बाँकी समुहको घटेको छ । उक्त  अवधिसम्ममा वित्त र होटल समुहको परिसूचक सर्वाधिक घटेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्