ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१.६८ अंक बढ्यो बजार, १ अर्ब २० करोडभन्दा बढीको कारोबार (२ बजेको अपडेट)

२०७७ असोज, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । सोमवार तेस्रो घण्टाको कारोबारमा बजार १ दशमलव ६८ अंक बढेर उकालो लागेको छ ।

उक्तअवधिमा नेप्से परिसूचक १ हजार ५७७ दशमलव ९५ विन्दुमा पुगेको हो । तेस्रो घण्टामा १८७ ओटा कम्पनीको २१ हजार २९५ पटकको व्यापारमा रू. १ अर्ब २० करोड ९६ लाख ७५ हजार बराबरको शेयर कारोबार भएको छ । 

तेस्रो घण्टामा विकास बैंक समुहको परिसूचक सर्वाधिक ४ दशमलव ६९ प्रतिशतले बढेको छ ।

उक्त अवधिसम्म व्यापारिक समुह शून्य दशमलव शून्य ८ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव १६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३२ प्रतिशत, अन्यको शून्य दशमलव २३ प्रतिशत र लघुवित्तको शून्य दशमलव शून्य १ प्रतिशतले परिसूचक बढेको छ ।
यो दिन तेस्रो घण्टाको कारोबारसम्म वित्त समुहको परिसूचक सर्वाीधक १ दशमलव ३१ प्रतिशतले घटेको छ । 

त्यस्तै बैंकिङको शून्य दशमलव १ प्रतिशत, होटलको शून्य दशमलव ३२ प्रतिशत, जलविद्युतको शून्य दशमलव १४ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ३९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४८ प्रतिशतले घटेको छ । 

तेस्रो घण्टासम्ममा मुक्तिनाथ विकास बैंकको सर्वाधिक रू. १२ करोड ६३ लाख ३० हजार बराबरको शेयर कारोबार भएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्