ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा    

२०७७ असोज, २६  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २६, लन्डन । कोरोना भाइरसका कारण संकटमा परेको बेलायती राष्ट्रिय ध्वजाबाहक विमान सेवा ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृत अलेक्स क्रुजले राजीनामा दिएका छन् ।
    
कम्पनीले सोमवार जारी गरेको विज्ञप्तिमा क्रुजले तत्काल लागू हुने गरी राजीनामा दिएको बताएको छ तर राजीनामा दिनुको खास कारण खोलिएको छैन ।विगत साढे चार वर्षदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रुपमा सेवा गरेका क्रुजको स्थानमा अब सिन डोयलले जिम्मेवारी लिनेछन् ।
     
पछिल्ला दिनहरुमा कोरोना भाइरसका कारण ब्रिटिस एयरवेजले पर्याप्त उडान गर्न नसकेको तथा यात्रुको संख्यामा व्यापक कमी आएको बताएको छ । ब्रिटिस एयरवेजको मातृसंस्था आईएजीमा पनि फेरबदल गरिएको छ ।     
     
आईएजीमा नयाँ नियुक्त भएका प्रमुख कार्यकारी लुइस ग्यालेगोले कोरोना भाइरसका कारण उत्पन्न संकट सामना गर्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गरेका छन् । उनले क्रुजको कार्यकालमा ब्रिटिस एयरवेजले निकै प्रगति गरेको र एयरलाइन्सलाई आधुनिकीकरण गर्न ठोस कार्य गरेको भन्दै प्रशंसा गरेका छन् ।
     
ब्रिटिस एयरवेजले यसै वर्ष स्थापनाको १०० वर्ष मनाउँदैछ ।  रासस / एएफपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्