ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मुक्तिनाथ विकास बैंकको शेयर मूल्य ९.८५ % वृद्धि, विकास बैंक समुहको परिसूचक ३.८८ % वृद्धि

२०७७ असोज, २६  
लगानी नेप्से विश्लेषण
NA
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । मुक्तिनाथ विकास बैंकको सोमवार शेयर मूल्य ९ दशमलव ८५ प्रतिशत वृद्धि भएको छ । 

आइतवार प्रतिकित्ता रू. ३३५ मा बन्द भएको कम्पनीको शेयर मूल्य सोमवार प्रतिकित्ता रू. ३६८ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएसँगै शेयर मूल्यमा वृद्धि भएको हो । 

कम्पनीले विगत वर्षहरुमा आकर्षक लाभांश दिदै आएकाले लाभांशको आसमा पनि शेयर खरीद गरेको एक लगानीकर्ताले बताए । 

सोमवार अधिकाशं विकास बैंकको शेयर मूल्यमा वृद्धि भएको छ । सोही कारण विकास बैंक समुहको परिसुचक ३ दशमलव ८८ प्रतिशत वृद्धि भएको हो । 
पछिल्लो समयमा लगानीकर्ताहरुले अल्पकालिन रुपमा लगानी गरी प्रोफिट बुक गरी सेक्टर परिवर्तन गरको पाइन्छ । 

विगत दुई दिन अगाडि वित्त कम्पनीको शेयरमा पनि यसरीनै वृद्धि भएको थियो । लगानीकर्ताहरुले वित्त कम्पनीहरुबाट पनि अल्पकालिन रुपमा लगानी गरेर प्रोफिट बुक गरेका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्