ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल मिलग्रोम र रोबर्ट विल्सनलाई 

२०७७ असोज, २६  
अन्तरराष्ट्रिय
Image Not Found
author avatar रमा सुवेदी

असोज २६, काठमाडौं । यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्री पल मिलग्रोम र रोबर्ट विल्सनलाई संयुक्त रुपमा दिने घोषणा गरिएको छ ।

लिलामीसम्बन्धी सिद्धान्तमा गरेको सुधार र नयाँ लिलामी ढाँचा विकासमा यी दुईले गरेको योगदानका लागि सो पुरस्कार दिइएको हो । यसको घोषणा नोबल पुरस्कार समितिले सोमबार ट्विटरमा गरेको थियो । अर्थशास्त्रीद्वयले आधारभूत सिद्धान्तबाट शुरु गरेर पछि परिणामलाई व्यवहारमा प्रयोग गरेका थिए ।

‘यिनीहरुको योगदान समाजका लागि निकै ठूलो छ,’ पुरस्कार समितिका अध्यक्ष पिटर फ्रेडरिक्शनले बताए । दुबै विजेताले १ करोड स्वीडिश क्रोनको पुरस्कार राशी आधा आधा बाँडेर लिनेछन् । मिलग्रोम र र विल्सन दुबै अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा कार्यरत छन् । 

लिलामीले कसरी काम गर्छ भन्ने अध्ययन गरेका थिए । परम्परागत तरिकाले बेचबिखन गर्न नसकिने रेडियो फ्रिक्वेन्सीलगायत वस्तु तथा सेवाका लागि लिलामीको नयाँ ढाँचा निर्माण गर्न यिनीहरुले आफ्नो अन्तरदृष्टिको प्रयोग गरेका थिए ।

यिनीहरुको खोजले विश्वभरका विक्रेता, क्रेता र करदातालाई फाइदा मिलेको छ । मानिसहरुले आफ्ना सामान सबैभन्दा बढी मूल्य दिने बोलकबोल कर्तालाई दिन्छन् अनि सामान भने जसले सबैभन्दा सस्तो मूल्यमा दिन्छ उहीसँग किन्ने गर्दछन् । 

हिजोआज लिलामीमा घरपरिवारमा प्रयोग हुने वस्तु मात्रै होइन कला, प्राचिन सामाग्री, शेयर, खनिज र ऊर्जासमेत किनबेच हुन थालेका छन् । सार्वजनिक खरिद पनि लिलामीकै रुपमा गरिन्छ । लिलामी सिद्धान्तको प्रयोग गरेर अनुसन्धाताहरुले बोलकबोल र अन्तिम मूल्य, लिलामीको ढाँचासम्बन्धी फरक– फरक नियमको नतिजा बुभ्mने प्रयास गरिरहेका छन् ।

बोलकबोलकर्ताहरुले फरक रणनीतिक तवरले गर्ने व्यवहारका कारण उपलब्ध जानकारीका आधारमा विश्लेषण गर्न निकै कठिन हुन्छ । यस्तोमा उनीहरुले आफैले थाहा पाएका अनि अन्य बोलकबोलकर्ताहरुले विश्वास गरेका कुराहरुलाई विचार गर्छन् । 

विल्सनले साझा मूल्य भएको वस्तुको लिलामीको सिद्धान्त विकास गरेका थिए । यसमा मूल्य शुरुमा अनिश्चित भएपनि अन्त्यमा भने सबैका लागि एउटै हुन्छ । यसको उदाहरणका रुपमा रेडियो फ्रिक्वेन्सी वा निश्चित क्षेत्रको खनिजको आयतनको भविष्यको मूल्यलाई लिन सकिन्छ ।

यिनले समझदार बोलकबोलकर्ताहरुले बोलकबोललाई आफूले अनुमान गरेको उत्कृष्ट साझा मूल्यभनदा किन तल राख्छन् भन्ने कुरा देखाएका छन् । मिलग्रोमले भने साझा मूल्यलाई मात्रै नभएर बोलकबोलकर्ताहरुपिच्छे फरक पर्ने निजी मूल्यको लिलामीसम्बन्धी सामान्य सिद्धान्त प्रतिपादन गरेका छन् ।

यस क्रममा उनले चिरपरिचत केही लिलामी ढाँचामा भएको बोलकबोल रणनीतिको विश्लेषण गरेर बोलकबोलकर्ताले बोलकबोलको बेलामा एकअर्काको अनुमानित मूल्यबारे थप कुरा सिकेमा विक्रेतालाई फाइदा हुन्छ भन्ने देखाएका थिए ।

समय बित्दै जाँदा रेडियो फ्रिक्वेन्सी जस्ता जटिल वस्तुहरुको पनि लिलामी हुन थाल्यो । यसको प्रतिक्रियामा मिलग्रोम र विल्सनले एक अर्कासँग अन्तरसम्बन्धित कयौं वस्तुहरुको लिलामीका लागि नयाँ ढाँचा विकास गरे ।

सन् १९९४ मा अमेरिकी अधिकारीहरुले यिनीहरुले विकास गरेको लिलामी ढाँचाको प्रयोग गरेर दूरसञ्चार सेवा प्रदायकहरुलाई पहिलो पटक रेडियो फ्रिक्वेन्सी बेचेका थिए । त्यसयता कयौं देशहरुले यही ढाँचा पछयाएर रेडियो फ्रिक्वेन्सी बेचेका छन् । 
लिलामी बजारमा मानिसहरुले कसरी व्यवहार गर्छन् एवम् लिलामी बजारको गुणहरुबारे अनुसन्धान गर्ने सिद्धान्त नै लिलामी सिद्धान्त हो । यसको प्रयोग गरेर लिलामीको नियम वा ढाचाँ, लिलामी हुन लागेको वस्तु र अनिश्चयले बोलकबोल कर्ताको रणनीतिक व्यवहार र बोलकबोलको नतिजालाई कसरी नियन्त्रित गर्दछ भन्ने व्याख्या गरिन्छ ।

वस्तुको मूल्य सकेसम्म धेरै बनाउन लिलामीको डिजाइन कसरी गर्न सकिन्छ भन्ने कुरा पनि यो सिद्धान्तले देखाउँछ । गत वर्ष भने विश्वव्यापी गरिबी हटाउने विषयमा गरेको अनुसन्धानका लागि अभिजित बनर्जी र उनकी पत्नी इष्थर डफ्लो र माइकल क्रेमलाई अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो । एजेन्सीहरुको सहयोगमा 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्