ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोभिडबाट विदेशमा ज्यान गुमाउनेका आफन्तलाई सहयोग गर्न आइएमई ग्रूपले सञ्चालनमा ल्यायो भरोसा कोश

२०७७ असोज, २६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । आइएमई ग्रूपले कोरोना महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने उद्धेष्यले ‘भरोसा कोश’ स्थापना गरेको छ । 

विसं २०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरणसहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रूपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा आगामी कार्तिक मसान्तसम्म आवेदन दिन सक्ने पनि कम्पनीले बताएको छ । 

रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी कोषमार्फत आर्थिक सहायता उपलब्ध गराइने कम्पनीले बताएको छ । कम्पनीले सोमवार जारी गरेको आह्वान–पत्रमा पर्वलक्षित योजनामा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय भए अनुरुप पीडित परिवारलाई आड भरोसा दिन कोश सञ्चालनमा ल्याएको बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्