ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वायुुसेवा निगमका नवनियुक्त महाप्रवन्धकद्वारा पदभार ग्रहण

२०७७ असोज, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । नेपाल वायुुसेवा निगमका नवनियुक्त महाप्रवन्धक डिम प्रसाद पौडेलले सोमवार पदभार ग्रहण गरेका छन् ।

उनलाई नेपाल सरकारले चार वर्षको लागि निगमको महाप्रवन्धकमा नियुक्त गरेको हो । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित उनी  यस अघि निगम संचालक समितिको सदस्य थिए ।

सोमवार आयोजित पदभार ग्रहण कार्यक्रममा संचालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रवन्धक पाएकोमा खुसी व्यक्त गरे ।

कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रशन्नता व्यक्तगर्दै उनले पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रवन्धकको नियुक्ति भएकोले मिलेर कामगर्ने विश्वास दिलाए ।
 
उनले  उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भएपनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेको बताए । उनले निगमलाई गतिशिल बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी संचालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गरे ।

उनले परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै फरक ढंगले सिर्जनात्मक काम गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्