ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

होमस्टे सम्बन्धी निर्देशिका तयार

२०७७ असोज, २७  
१० वर्ष अघि
NA

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकलाई होटलकोे सट्टा कसैको घरमा बस्ने कार्यक्रम होम स्टे सम्बन्धी निर्देशिका तयार पारेको छ । पर्यटन वर्ष २०११ लाई लक्षित गरी ल्याउन लागिएको सो निदेर्शिका एक महिनाभित्र आउने मन्त्रालयले बताएको छ ।

पर्यटकलाई होटल तथा लजभन्दा फरक वातावरणमा राख्नका लागि होम स्टे अवधारणा ल्याइएको हो । यसले गर्दा गाउँघरमा हुने दैनिक क्रियाकलापहरू पर्यटकले प्रत्यक्ष हेर्न सक्नेछन् ।

नयाँ निर्देशिकाअनुसार लजका लागि न्यूनतम पाँचवटा कोठामा पाहुना बस्न सक्ने हुनुपर्छ भने होमस्टेमा एउटा घरको एक कोठामा एक वा दुई जनामात्र पर्यटक राख्न सकिन्छ । शुल्क निर्धारण गाउँकै होम स्टे व्यवस्थापन समितिले गर्छ ।

नेपालमा होम स्टेसम्बन्धी निर्देशिकाको अवधारणो विकास हुन सकेको छैन । निर्देशिका बनेपछि सरकारले होम स्टेको प्रचारप्रसार गर्ने र यसलाई व्यवस्थित बनाउने नेपाल पर्यटन बोर्डका सहायक व्यवस्थापक उदय भट्टराईले जानकारी दिए । ‘अवधारणा आएपछि होम स्टेले कानुनी मान्यता पाउनेछ,’ भट्टराईले भने ।

नेपालमा होम स्टेको सुरुवात सन् १९९७ मा स्याङ्जाको सिरुबारीबाट भएको हो । हाल नेपालमा छवटा जिल्लाका १७० घरमा होम स्टे सञ्चालित छन् । यसमा स्याङ्जाको सिरुबारी, तनहुँको बन्दीपुर, लमजुङको घलेगाउँ, रसुवाको बृद्धिम, इलामको श्रीअन्तु, चितवनको हात्तीगाउँ रहेका छन् । यसबारे अन्य जिल्लामा समेत सम्भाव्यता अध्ययन भइरहेको बोर्डले बताएको छ ।

सरकारले सन् २०११ मा नेपाल आउने पर्यटकमध्ये ४० प्रतिशतलाई नयाँ गन्तव्यमा घुमाउन लैजाने योजना बनाएको छ । यसका लागि होम स्टे प्रभावकारी हुने बोर्डले बताएको छ ।

वर्ष ५, अंक ३१, २०६७, बैशाख ६–१२

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्