ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपालमा आयो कम्पास डिजेल अटोमेटिक

२०७७ असोज, २७  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि अमेरिकी ‘आइकोनिक ब्रान्ड’ जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले ९–स्पिड डिजेल अटोमेटिक ट्रान्समिसनयुक्त नयाँ कम्पास भेरियन्ट सार्वजनिक गरेको छ । अल ह्विल ड्राइभ भएको यो जिपमा  बीएस६ कम्प्लायन्ट २.० लिटरको ४ बाई ४ डिजेल अटोमेटिक इन्जिन छ ।

नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिक ‘एजायल, क्विक र पावरफुल एसयुभी’ हो, जसले विकट भौगोलिक बनोट भएको अफरोडमा मात्र नभएर घना बस्ती भएको सहरी क्षेत्रका सडकमा हुने भीडभाड, खाल्डाखुल्डी, अव्यवस्थित निर्माण, अवरोध र त्यसले उत्पन्न गर्ने ट्राफिक जाममा पनि आरामदायक ‘ड्राइभिङ एक्सपिरियन्स’ दिलाउँछ ।

कम्पनीले नयाँ कम्पास डिजेल अटोमेटिकलाई ‘द अर्बन अफरोडर’ भनी पोजिसनिङ गरेको छ । यो ‘९–स्पिड डिजेल अटोमेटिक’ र ‘४ बाई ४ क्यापाबिलिटी’ दुवै भएको पहिलो एसयुभी हो । नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिकमा क्र्युज कन्ट्रोल, ड्युअल पेन पानोरामिक सनरुफ, प्लस लेदर इन्टेरियर, भ्वाइस कन्ट्रोलसहितको ८.४ इन्च यु कनेक्ट इन्फोटेनमेन्ट सिस्टम, ८ वे पावर्ड ड्राइभर सिट, अटो हेडल्याप्म, रेन सेन्सिङ वाइपर, अटोडिमिङ आईआरभीएम, १८ इन्चको एलोई ह्विल र ६ वटा एअर ब्याग छन् ।

यसमा प्यासिभ इन्ट्रि, पुश–बटन स्टार्ट, डुअल जोन एअर कन्डिसनिङ, टु–टोन इन्टेरियर पनि छ । यसको सेलेक टेरेनमा अटो, स्यान्ड, मड र स्नोसहित अलह्विल ड्राइभ सिस्टम छ । कम्पासको यो टप–एन्ड मोडलको मूल्य १ करोड १८ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

‘नयाँ कम्पासमा अहिले ग्राहकले खोज्ने सबै इलेक्ट्रिोनिक फिचर लोडेड छन् नै, जिपले आठ दशकदेखि उपलब्ध गराउँदै आउको अतुलनीय इन्जिनियरिङ, बेजोड सुरक्षा र अद्वितीय ४ बाई ४ क्यापाबिलिटीमा पनि कुनै सम्झौता गरिएको छैन,’ जिप कम्पासको रेन्ज विस्तारबारे एमएडब्लु लाइफका बिजनेस हेड जोजु जोस थट्टिलले भने । एमएडब्लु लाइफले दसैं–तिहार अवसर पारेर एक्सचेन्ज अभियान चलाइरहेको छ । ‘एक्सचेन्ज विथ जिप’ नाम दिइएको यो क्याम्पेनमा ग्राहकले एक्सचेन्ज बोनस पाउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्