ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइजको मिस्ड कल गरेरै बिजुलीको पैसा तिर्ने व्यवस्था

२०७७ असोज, २७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सनराइज बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियानअनुरुप आप्mना ग्राहकलाई नवीनतम् सेवा प्रदान गर्दै आएको छ । यसैअनुसार नेपालमै पहिलो पटक सन्राइज बैकले आफ्ना ग्राहकलाई लक्षित गरी मिस्ड कलमार्फत विद्युत् महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । सेवा सञ्चालन भएपछि अबदेखि सन्राइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत् महसुल तिर्न सक्नेछन् ।

यो सेवा प्रयोग गर्न एक पटक आफ्नो विद्युत् महसुलसम्बन्धी विवरण सन्राइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनुपर्नेछ । ग्राहक सुविधाका लागि डिजिटल दर्ता प्रणाली पनि छिट्टै कार्यान्वयनमा आउने बंैकले जनाएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्