ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सानिमाका ग्राहकलाई सस्तो डिलमा सामान किन्दा विशेष छुट

२०७७ असोज, २७  
बजार
NA

काठमाडौं (अस) । सानिमा बैंकले दसैं अवसरमा ग्राहक लक्षित ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ ।

अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको मोबाइल बैंकिङ एप, सानिमा सजिलो ई–बैंकिङ प्रयोगकर्ताले क्यु आर कोड स्क्यानमार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम २,५०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘फस्र्ट कम फस्र्ट सर्भ’ आधारमा छुट प्रदान गरिने छ । योजना २७ असोजदेखि १ कात्तिक ०७७ सम्म लागू हुने बैंकले जनाएको छ । सानिमा बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटल, रेस्टुराँ आदिमा विशेष छुटको व्यवस्था गरिरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्