ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जिम्मेवार भई व्यवसाय सञ्चालन गर्न एनबीआईएको आग्रह

२०७७ असोज, २७  
बजार
NA

काठमाडौं (अस) । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको ६ महिनाभन्दा लामो बन्दाबन्दी तथा निषेधाज्ञाका कारण धराशयी भएको सम्पूर्ण आर्थिक तथा व्यावसायिक क्षेत्रले बन्दाबन्दी खुलेपछि विस्तारै गति लिन सुरु गरे पनि सजगता आवश्यक भएको बताएको छ । उपभोक्तासँग जोडिने व्यावसायिक क्षेत्र अझ बढी संवेदनशील हुन जरुरी रहेको एनबीआईको भनाइ छ ।

केही व्यावसायिक फर्म तथा कम्पनीबाट मानव जीवन र स्वास्थ्यसँग प्रतक्ष्य सरोकार राख्ने वस्तुको बिक्री वितरणमा भएको गैरकानुनी क्रियाकलापप्रति ध्यानाकर्षण भएको बताउँदै एनबीआईले जनमानसमा गम्भीर असर पार्ने गलत क्रियाकलाप गर्नेमाथि कानुनी कारबाही अगाडि बढाउन सरकारसँग माग गरेको छ । एनबीआईले समाज र मुलुकप्रति जिम्मेवार भई न्यूनतम व्यावसायिक आचारसंहिताभित्र रही व्यावसायिक जिम्मेवारीलाई इमानदारीसाथ निर्वाह गर्न÷गराउन सम्पूर्ण उद्यम व्यवसाय क्षेत्रलाई आग्रह गरेको छ । सम्पूर्ण उद्यमी व्यवसायी, उपभोक्ता सबैले स्वास्थ्य सुरक्षासम्बन्धी निर्धारित मापदण्डको पूर्ण पालना गरीे सुरक्षित समाज निर्माणका लागि आ–आफ्नो जिम्मेवारीलाई अगाडि बढाउन एनबीआईले सरोकारवाला सबैसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्