ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मुक्तिनाथको लेखापरीक्षकलाई सहज कर्जा

२०७७ असोज, २७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकलाई सहज रुपमा कर्जा प्रदान गर्नेबारे सम्झौता भएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एसोसिएसन (अडान) मा आबद्ध आजीवन सदस्यलाई विशेष छुटसहित प्रोफेसनल कर्जा प्रदान गर्नेछ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एसोसिएसनका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार लेखापरीक्षक संघका आजीवन सदस्यलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ सेवा सहज रुपमा प्रदान गरिने बैंकले बताएको छ ।

अडानले लेखा व्यवसायसँग सम्बन्धित लेखापरीक्षक एवं लेखा व्यवसायीको हितका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, गोष्ठी, सेमिनार गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्