ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लिभोन ‘सिल्की हेयर एन्ड स्मुथ राइड’ योजनाका दोस्रो विजेता घोषणा

२०७७ असोज, २७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मेरिकोको स्थापित ब्रान्ड लिभोनले केश स्याहारसम्बन्धी विविध उत्पादन निर्माण गरिँदै आएको बताएको छ ।

यसले प्रि–वास (क्रिम आयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम)जस्ता विभिन्न प्रकारका उत्पादन बजारमा उपलब्ध गराएको छ ।

लिभोन स्याम्पु र कन्डिसनर विशेषगरी नेपाली उपभोक्तालाई लक्षित गरेर तयार पारिने गरेको कम्पनीले बताएको छ । सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादन नेपालभर सुलभ मूल्यमा उपलब्ध भइरहेको कम्पनीको भनाइ छ ।

डिपार्टमेन्ट स्टोर भाटभटेनीले लिभोनको साथमा मिलेर ‘सिल्की हेयर एन्ड स्मुथ राइड’ उपभोक्ता योजना संचालन गरेको गरिरहेको छ । योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादन खरिद गर्ने एक भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्न सक्छन् ।

लिभोनले सञ्चालन गर्दै आएको योजनामा दोस्रो भाग्यशाली विजेता घोषणा गरेको छ । विजेता घोषणा मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताको नाम अंकित कुपनमध्येबाट एक जना भाग्यशाली विजेताको कुपन चयन गरेकी थिइन् ।

‘सिल्की हेयर एन्ड स्मुथ राइड’ लक्की ड्रमा यामाहा फसिनो बाइक विजेता नख्खुका सुवोधकुमार यादव नेपालीले प्राप्त गरेका छन् । उनको कुपन नम्बर ०२०७ रहेको थियो । साथै अन्य १० जना विजेताले लिभोनका तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्