ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रभुको नयाँ हेलिकप्टरलाई उडान अनुमति

२०७७ असोज, २७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु हेलिकप्टर प्रालिले भित्र्याएको नयाँ एयरबस हेलिकप्टर एच १२५ एएस ३५० बी ३ ईले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ ।

स्थापनाको पाँच वर्षमा यो एयरबस हेलिकप्टरसँगै प्रभुसँग हेलिकप्टरको संख्या ६ वटा पुगेको छ । प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर नयाँ एयरबस हेलिकप्टर ल्याउने निर्णय गरेको थियो । सोबमोजिम चैत ११ गते काठममाडौं आइपुगेको थियो । तर, कोभिड–१९ का कारण औपचारिक प्रक्रिया ढिला भएको प्रभु हेलिकप्टरका डेपुटी जनरल म्यानेजर नोबलकुमार राजलवटले बताए । कल साइन ९ एन–एनएलई रहेकोे हेलिकप्टरको क्षमता ६ सिटे छ । धेरै उचाइसम्म राम्रो काम गर्ने यो हेलीकप्टर नेपाली भूभागका लागि योग्य रहेको राजलवटको दाबी छ ।

हेलिकप्टर थप भएसँगै नयाँ गन्तव्यमा समेत उडान गर्ने योजना रहेको बताइएको छ ।  

प्रभु हेलिकप्टर छोटो समयमा राम्रो लोकप्रियता कमाएको उडान सेवा ्रदायक कम्पनी हो । सन् २०१५ मा अमेरिकामा उत्पादित रबिन्सन आर ४४ पिस्टक इन्जिन हेलिकप्टरको साथ उडान सुरु गरेको प्रभु हेलिकप्टरले ३ वर्षभित्रै ४ वटा नयाँ रोबिन्सन आर६६ टर्बाइन हेलिकप्टर थपेको थियो ।

हिमाली क्षेत्रको दृश्यावलोकन र धार्मिक क्षेत्रमा पर्यटकीय उडान गर्दै आएको प्रभु हेलिकप्टरले  पोखराबाट अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ«े बेस क्याम्प, मर्दी हिमाल, मुक्तिनाथ, रारा र काठमाडौंबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिञ्चोकलको सेवा दिँदै आएको छ ।

नयाँ हेलिकाप्टरले काठमाडौंमा आधारित रहेर १४ हजार फिटभन्दा माथि सगरमाथा आधार शिविर, लाङटाङ, गोसाइँकुण्ड, दामोरकुण्ड, माथिल्लो मनाङ एवं मुस्ताङ, तिलिचो ताललगायतका गन्तव्यमा उडान भर्ने राजलवटले जानकारी दिए ।

हिमाली क्षेत्रलगायत आवश्यक ठाउँमा उद्धार उडान गरिरहेको प्रभु हेलिकप्टरले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा गर्भवती र सुत्केरीको आपतकालीन उद्धारसमेत गर्दै आएको छ ।

बन्दाबन्दीमा स्वास्थ्य सुरक्षा मार्गदर्शन र नागरिक उड्डयन प्राधिकरणको निर्देशन अनुसरण गरी काम गरेको प्रभु हेलिकप्टरले कोभिड १९ को विषम परिस्थितिमा पनि उद्धार उडान जारी रहेको बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्