ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पुनर्निर्माण हुँदै ऐतिहासिक दुगुनागढी

२०७७ असोज, २७  
वाग्मती प्रदेश
Image Not Found
author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक । वि.सं. १९११ मा तिब्बती सेनासँग लडाइँ गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको अगुवाइमा बनेको ऐतिहासिक दुगुनागढी पुनर्निर्माण हुन थालेको छ ।
०७२ को विनासकारी भूकम्पले पूर्ण रुपमा क्षति पुगेको सो गढीको भित्री भागको पुनर्निर्माण गरिएको हो ।

बाग्मती प्रदेश सरकारको ३० लाख रुपैयाँले पहिलो चरणको पुनर्निर्माण गरिएको स्थानीय महिला समूह एवं दुगुनागढी पुनर्निर्माण तथा संरक्षण समितिका अध्यक्ष पासाङबुटी शेर्पाले बताइन् ।

गढीको भित्री भागको सरसफाइ गरी पुनर्निर्माण गरिएको र अझै केही भागको पुनर्निर्माण हुन बाँकी रहेको उनको भनाइ छ ।

अध्यक्ष शेर्पाका अनुसार गढीको बाहिरी पर्खालका साथै गढी प्रवेशद्वारमा रहेको सानो गढीको पनि पुनर्निर्माण गर्नुपर्छ । अघिल्लो वर्षको बजेटबाट गढीको भित्री भागको पुनर्निर्माण गरी बाटोमा रेलिङ हालिएको उनले जानकारी दिइन् ।  

दुगुनागढीमा बढीभन्दा बढी पर्यटक भित्र्याउन स्थानीयलाई होमस्टे सञ्चालनसम्बन्धी तालिम दिइएको र पर्यटकीय पदमार्ग निर्माणका लागि गाउँपालिकाबाट बजेटसमेत विनियोजन गरिएको छ ।

ऐतिहासिक महत्वको गढीको पुनर्निर्माणसँगै पदमार्गसमेत निर्माण गरी तातोपानी धारा र बन्दरगाहमा आएका पाहुनालाई गढीसम्म पुर्‍याउने लक्ष्य रहेको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए ।

भोटेकोसी गाउँपालिका– ३ दुगुनामा पर्ने सो गढीलाई पर्यटन थलो बनाउन सकिए सो क्षेत्र र सिंगो पालिकाकै समृद्धिमा टेवा पु¥याउने पौडेलको विश्वास छ ।

जंगबहादुर राणाले तिब्बती सेनासँग देशको रक्षा गर्नका लागि निर्माण गरेको गढीबाट तिब्बतको खासा बजार प्रस्ट देखिने स्थानीय ङवाङ शेर्पा बताउँछन् ।

अरनिको राजमार्ग हुँदै तातोपानी सुख्खा बन्दरगाहबाट करिब ८ किलोमिटरको दूरीमा रहेको गढीमा आन्तरिक तथा बाह्य पर्यटक भित्रने सम्भावना रहेको शेर्पा बताउँछन् ।

पुरातत्व विभागले समेत चासो देखाएको गढीमा आर्थिक अभावले अझै पूर्ण रुपमा पुनर्निर्माण हुन सकेको छैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्