ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चाडपर्व लक्षित अनुगमनमा तीव्रता, २४ उद्योगविरुद्ध मुद्दा

२०७७ असोज, २७  
समाचार
Image Not Found

काठमाडौं ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तीव्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिएको हो ।

विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकूल देखिएका उत्पादक कम्पनी तथा उद्योगविरुद्ध मुद्दा चलाइएको जानकारी दिए ।

तत्कालै गुनासो सुन्न तयार पारिएको समूह ‘¥यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकामा एक पानी उद्योग अनुमतिबिना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ । खाद्य ऐनविपरीत रहेका दुई उद्योगलाई उत्पादन रोक्का गरिएको विभागले बताएको छ ।

अन्य २१ उद्योगविरुद्ध भने मुद्दा चलाइएको दाहालले जानकारी दिए । उनका अनुसार विभाग र मातहतका कार्यालयबाट कुल ३९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन भएको थियो ।

त्यसमध्ये खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छतासम्बन्धी १५५ गरी ४३३ वटा नमुना संकलन भएको थियो । परीक्षणका क्रममा १४ वटा नमुना प्रतिकूल देखिएकाले कारबाही गरिएको छ । अन्य अनुसन्धानकै क्रममा रहेको बताइएको छ ।     

विभागअन्तर्गत मुलुकमा २४ वटा डिभिजन कार्यालय र १२ स्थानमा खाद्य आयात/निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रहेका छन् । यसअघि कार्यालयले भदौ २८ देखि नै तीन वटा अनुगमन टोली परिचालन गर्दै आएको छ ।

कोभिड–१९ का कारण पिउने पानी, दूध तथा दानाको अनुगमन गरिएको थियो । अहिले भने चाडवाड केन्द्रित अनुगमन टोली तयार गरी परिचालन गरिएको विभागले बताएको छ । मातहतका कार्यालयलाई समेत अनुगमनलाई तीव्रता दिन निर्देशन दिइएको छ ।     

यसअघि पानी उद्योगमा ५४ पटक अनुगमन भएको र २५ वटा नमुना संकलन भएको थियो । दुई नमुना प्रतिकूल देखिएकाले कारबाही प्रक्रिया अघि बढेको बताइएको छ । अन्य नमुना विश्लेषणको क्रममा छ ।     

सात दुग्ध उद्योगमा अनुगमन भएकामा ६ वटाको नमुना संकलन भएको छ । खाद्य व्यवसायको ३१ वटा ठाउँमा अनुगमन भएकामा ३४ नमुना संकलन गरिएको र एउटा प्रतिकूल देखिएकाले कारबाही प्रक्रिया सुरु गरिएको विभागले बताएको छ ।

गुनासो सम्बोधन गरिने     
विभागले चाडवाडको बिदा समयमा पनि गुनासो सुन्ने भएको छ । यस्तै, प्रयोगशाला परीक्षणसमेत सञ्चालन गरिने विभागले सूचनामार्फत जानकारी दिएको छ ।

त्यसका लागि सम्पर्क व्यक्तिसमेत तोकिएको छ । खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मका विभिन्न नियम निर्देशिका कार्यान्वयनमा तीव्रता दिइएको सहप्रवक्ता दाहालले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्