ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

३ ओटा कम्पनीको साधारण सभा बुधवार हुँदै

२०७७ असोज, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । तीन ओटा कम्पनीले बुधवार अलग– अलग स्थानमा साधारण सभा गर्ने भएका छन् ।

नाडेप लघुवित्त वित्तीय संस्था, सिटी एक्सप्रेस फाइनान्स र नेपाल  इन्भेष्टमेण्ट बैंकले साधारण सभा आयोजना गर्न लागेका हुन् । नाडेप लघुवित्तले असोज २८ गते रानीबन पार्टी एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा आयोजना गर्दैछ ।

सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभाश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । असोज १३ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन् । 

त्यसैगरी सिटी एक्सप्रेस फाइनान्सले कम्पनीको केन्द्रीय कार्यालय घण्टाघर, काठमाडौंमा विशेष साधारण सभा आयोजना गरेको छ ।

सभाले कम्पनीलाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी नेपाल इन्भेष्टमेण्ट बैंकले पनि सिटी एक्सप्रेस फाइनान्सलाई १०० : ३० अनुपातमा प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्