ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

म्याचिङ नहुँदा शुरु भएन जनरल इन्स्योरेन्सको शेयर कारोबार 

२०७७ असोज, २७  
लगानी
NA
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । मंगलवारदेखि कारोबारयोग्य भएपनि जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको शेयर कारोबार भने हुन सकेन ।

सूचीकृत कम्पनीको पहिलो कारोबारका लागि प्रि–ओपनिङ सेसनमा खरीद र विक्री आदेश म्याचिङ हुनपर्ने हुन्छ । मंगलवार जनरल इन्स्योरेन्स कम्पनीको शेयर प्रि ओपनिङ सेसनमा म्याचिङ भई कारोबार हुन नसक्दा नियमित सेसनको कारोबार नभएको हो । 

उक्त कम्पनीले सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ करोड कित्ता शेयर सूचीकृत गराएको थियो ।

कम्पनीले संस्थापकतर्फको ७० लाख र सर्वसाधारण तर्फको ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेले मंगलवारदेखि कारोबार शुरु गर्ने गरी पहिलो कारोबारका लागि रू. १०१ दशमलव ७६ देखि रू. ३०५ दशमलव २८ सम्मको रेञ्ज तोकेको थियो ।

उक्त कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । असोज २० गते बाँडफाँट भएको यो आईपीओ एक साताभित्र धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्