ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एक घण्टामा १५७६.०६ विन्दुमा नेप्से, ३१ करोड १४ लाख बराबरको शेयर खरीदविक्री 

२०७७ असोज, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । मंगलवार नेप्से परिसूचक कारोबार भएको एक घण्टा अवधिमा १ हजार ५७६ दशमलव शून्य ६ विन्दुमा पुगेको छ । 

उक्त अवधिमा १७४ ओटा कम्पनीको रू. ३१ करोड १४ लाख बरावरको शेयर खरीदविक्री भएको हो । सबैभन्दा बढी ज्योति विकास बैंकको शेयर मूल्य ३ दशमलव ३८ प्रतिशत वृद्धि भएको छ ।

 कारोबारमा आएका १२ ओटा समुहमध्ये होटल्स समुहको परिसुचक शून्य दशमलव ३१ प्रतिशत, विकास बैंक समुहको परिसूचक १ दशमलव २२ प्रतिशत, निर्जीवन बीमा समुहको शून्य दशमलव २३ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको शून्य दशमलव शून्य १ प्रतिशत र अन्य समुहको शून्य दशमलव शून्य ६ प्रतिशत वृद्धि भएको छ भने बाँकी समुहको परिसूचक घटेको हो ।

सर्वाधिक कारोबार मुक्तिनाथ विकास बैंकको भएको छ । उक्त कम्पनीको रू.४ करोड २० लाख बराबरको शेयर खरीदविक्री भएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्