ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

३.२९ अंक घट्यो नेप्से, ज्योति विकास बैंकको सर्वाधिक कारोबार( १ बजेको अपडेट )

२०७७ असोज, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । मंगलवार नेप्से परिसूचक कारोबार भएको दुई घण्टामा ३ दशमलव २९ अंक घटेर १ हजार ५७४ दशमलव ७२ बिन्दुमा पुगेको छ ।

उक्त अवधिमा सर्वाधिक कारोबार ज्योति विकास बैंकको भएको छ । कम्पनीको रू. ६ करोड ६८ लाख बरावरको शेयर खरीदविक्री भएको छ  ।

उक्त अवधिमा १८२ ओटा कम्पनीको ११ हजार ४६५ पटकमा २४ लाख ५ हजार ९९३ कित्ता शेयर रू. ६२ करोड ८२ लाख बरावरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १२ ओटा समुहमध्ये सबैभन्दा बढी विकास बैंक समुहको परिसुचक १ दशमलव १२ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको शून्य दशमलव ७ प्रतिशत र अन्य समुहको परिसूचक शून्य दशमलवप १ प्रतिशत बढेको छ भने बाँकी समुहको परिसुचक घटेकाले नेप्से घटेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्