ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइज बैंक र जोन्टा क्लब काठमाडौंको सहकार्यमा अनलाईन शिक्षाका लागि सहयोग

२०७७ असोज, २७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं ।  कोभिड—१९ कारण लकडाउनको समयमा सार्वजनिक विद्यालयका छात्राका लागि जोन्टा क्लब काठमाडौंले प्रारम्भिक चरणमा अनलाईन शिक्षा शुरु गर्न सहयोग गरेको छ ।

कोभिडका कारण विद्यालयका बालबालिकाहरु विशेष गरी छात्राहरूलाई असर परेको तथा  निजी र सार्वजनिक विद्यालयहरूमा छात्राहरुको शिक्षामा फराकिलो अन्तर हुने गरेको पाइएको भन्दै सनराइज बैंकको सहयोगमा  जोन्टा क्लवले नेपालको सबभन्दा पुरानो दरबार हाईस्कूलमा अनलाईन शिक्षाको पहल शुरू गरेको हो ।
उक्त कम्पनीले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा जोन्टा क्लब काठमाडौंको  सहकार्यमा अनलाईन कक्षाका लागि सहयोग पुर्‍याएको हो । कम्पनीबाट प्राप्त भएको रू. ३ लाखको प्रारम्भिक सहयोगले प्राथमिक चरणमा उक्त विद्यालयका शिक्षकहरुलाई ल्यापटप, डिजिटल साक्षरता र प्रशिक्षण प्रदान गरिने छ ।
महिला शिक्षकसँगै पुरुष शिक्षकहरूलाई पनि ल्यापटप र शिक्षा प्रदान गरिने छ । 

जोन्टा क्लब काठमाडौं सन् २०१२ मा जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत स्थापित भएको सामाजिक संस्था हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्