ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१५७४.०३ विन्दुमा नेप्से, १ अर्बभन्दा बढीको शेयर खरीदविक्री (२ बजेको अपडेट) 

२०७७ असोज, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । मंगलवार नेप्से परिसूचक कारोबार भएको तिन घण्टामा १ हजार ५७४ दशमलव शून्य ३ विन्दुमा पुगेको छ । उक्त अवधिमा १८९ ओटा कम्पनीको रू. १ अर्ब ३ करोड बराबरको शेयर खरीदविक्री भएको छ । 

सबैभन्दा बढी ज्योति विकास बैंकको शेयर मूल्य ५ दशमलव ३१ प्रतिशत वृद्धि भएको छ भने सर्वाधिक कारोबार पनि सोही कम्पनीको रू. ८ करोड ७४ लाख बरावरको शेयर खरीदविक्री भएको छ । 

सबैभन्दा बढी घलेम्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६ दशमलव ७७ प्रतिशत घटेको छ । 

कारोबारमा आएका १२ ओटा समुहमध्ये बैंकिङ समुहको परिसूचक शून्य दशमलव ३५ प्रतिशत,जलविद्युत् कम्पनीको शून्य दशमलव ४६ प्रतिशत, वित्त समुहको १ दशमलव ५१ प्रतिशत, निर्जीबन बीमा समुहको शून्य दशमलव १६ प्रतिशत, माइक्रोफाइनान्सको शून्य दशमलव ३३ प्रतिशत र जीवन बीमा कम्पनी समुहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत घटेको छ भने बाँकी समुहको भने परिसूचक बढेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्