ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आईपीओ जारी गर्ने तयारीमा रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था

२०७७ असोज, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । 

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत असोज १४ गते निवेदन दिएको छ ।

कम्पनीले विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमासमा रू. ४ करोड ४४ लाख नाफा कमाएको थियो । यो नाफा अघिल्लो आवको तुलनामा १६ प्रतिशतले वृद्धि भएको हो ।

सो अवधिमा कम्पनीले रू. ३ करोड ८१ लाख नाफा कमाएको थियो । गत आवको चौथो त्रैमाससम्मा कम्पनीले जगेडा कोषमा रू. १४ करोड ८९ लाख छुट्याएको छ भने जीवन बीमा कोषमा रू. १ अर्ब ४ करोडभन्दा बढी जम्मा गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । ६० लाख कित्ता आईपीओ बाँडफाँट पछि कम्पनीको पूँजी रू. २ अर्ब पुग्नेछ । 

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि उक्त कम्पनीले आईपीओ निष्कासन गर्नेछ । 

गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू.१ अर्ब १९ करोड बीमाशुल्क आर्जन गरेको छ भने कम्पनीको कुल कायम रहेको बीमालेख सँख्या ६७ हजार ९२ रहेको छ । हालसम्ममा कम्पनीले ९९ ओटा शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्