ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

 ९.४२ अंक घटेको बजारमा १ अर्ब ८१ करोड बराबरको शेयर कारोबार

२०७७ असोज, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ४२ अंक घटेर १ हजार ५६८ दशमलव ५९ विन्दुमा पुगेको छ ।

मंगलवारको कारोबार दिनमा १९३ ओटा कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर २८ हजार ६४० पटकमा रू. १ अर्ब ८१ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १९३ ओटा कम्पनीमध्ये १७ ओटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ ओटा कम्पनीको शेयर मूल्य घटेको छ भने १९  ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

ज्योति विकास बैंकको शेयर मूल्य ४ दशमलव ८३ प्रतिशत बढेको छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रू. २१७ पुगेको छ । सर्वाधिक कारोबार अरुण काबेली पावरको भएको छ । उक्त कम्पनीको रू. ११ करोड २६ लाख बरावरको शेयर खरीद विक्री भएको छ । दोस्रोमा सर्वाधिक कारोबार गर्नेमा ज्योति विकास बैंक रहेको छ । 

मंगलवार सबैभन्दा बढी पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ८ दशमलव ७२ प्रतिशतले घटेको छ । यसदिन शेयर मूल्य घट्ने टपटेन कम्पनीमा जलविद्युत् कम्पनी रहेका छन् । 

केहि दिन अगाडि जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएको थियो । लगानीकर्ताले प्रोफिट बुक गर्न लागेसँगै जलविद्युत् समुहका कम्पनीको शेयर मूल्य घटेको हो । पछिल्लो सयमा लगानीकर्ताहरुले अल्पकालिन रुपमा लगानी गरी प्रोफिट बुक गर्न लागेसँगै नेप्से परिसूचक पनि घट्नथालेको छ ।

कारोबारमा आएका १२ ओटा समुहमध्ये ब्यापार समुहको परिसूचक शून्य दशमलव १४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३५ प्रतिशत र म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ४५ प्रतिशत बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । मंगलवार सबैभन्दा बढी जलविद्युत् समुहको परिसूचक २ दशमलव शून्य ४ प्रतिशत घटेको हो ।

दोस्रोमा वित्त समुहको परिसूचक १ दशमलव ९२ प्रतिशत घटेको छ । केही दिन अगाडि यी दुबै समुहका कम्पनीको शेयर मूल्यमा वृद्धि भएको थियो भने लगानीकर्ताले प्रोफिट बुक गर्न लागेसँगै शेयर मूल्य घट्दै गएको हो ।

दसैंतिहारजस्ता चाडपर्वहरु नजिकिन थालेसँगै लगानीकर्ताले खर्चको जोहो गर्न थालेकाले पनि नेप्से घटेको एक लगानीकर्ताले बताए । 

मंगलवार सर्वाधिक शेयर मूल्य घटेका पाँच ओटा कम्पनी :


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्