ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

खाली चेक दिएर फरार भएका अभियुक्त पक्राउ

२०७७ असोज, २७  
समाचार
Image Not Found

असोज २७, काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ असारको फैसलाअनुसार १० दिन कैद र रू. १७ लाख जरिवाना ठहर भएपछि फरार रहेका धादिङका ५१ वर्षीय पन्चम अकौलियालाई सोमवार चितवनबाट पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।     
     
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पक्राउ अकौलियाले मनोजप्रसाद साहसँग सापटी लिएको रकम तिर्नका लागि आफ्नो एनएमबी बैंकमा रहेको खातामा पर्याप्त रकम नभएको खाली चेक दिएर ठगी गरेको जानकारी दिए । 

उच्च अदालत पाटनले अकौलियालाई बैंकिङ कसुर तथा सजाय ऐन बमोजिमको कसुरमासजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ व्यक्तिलाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले बताएको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्