ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उद्योग वाणिज्य महासंघको आह्वान : व्यावसायिक आचार संहिताको पालना गरी व्यापार व्यवसाय गरौं

२०७७ असोज, २७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक आचार संहिताको पालना गरी व्यापार व्यवसाय गर्न उद्यमी व्यवसायीहरुलाई आह्वान गरेको छ ।

महासंघले  विश्वव्यापी कोभिड–१९ का कारण मुलुक पछिल्लो पटक निकै प्रभावित बन्दै गएको विषम परिस्थितिमा कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुन : उपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपुर्‍याई सामान बजारमा विक्री गरेको लगायतका प्रचलित कानून विपरितका कार्यहरू भएको भन्ने गुनासाहरू आएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको  बताएको छ ।

महासंघले मंगलवार प्रेस विज्ञप्तिमा जारी गर्दै कहिल्यै र कहिंकतैबाट जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुन नहुने र कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छूट छैन भनेको छ ।

यसैगरी महासंघले यदि कहिंकतैबाट भएको रहेछ भने कानून अनुसार कारवाहीको भागिदार हुनुपर्ने हुँदा प्रचलित कानून विपरितका कार्यमा संलग्न नहुन  मुलुकभरका उद्यमी व्यवसायीहरूमा व्यावसायिक आचार संहिताको पूर्णपालना गरी व्यापार व्यवसाय गर्न पनि भनेको छ ।

साथै महासंघले चाडवाड लक्षित गरी बजार अनुगमनको कार्यलाई तिव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला र रनगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवतरूपमा अघि बढाउँदै सवै सरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्नसमेत माग गरेको छ ।

महासंघले विश्वव्यापी कोभिड–१९ का कारण नेपाल पनि पछिल्लो पटक निकै प्रभावित बन्दै गएको  तथा कोरोना संक्रमितहरूको संख्या तिव्र रूपमा बढ्दै गएको तथा मुलुकवासीको स्वास्थ्य सुरक्षा निकै पेचिलो बन्दै गएको अवस्थामा अर्थतन्त्रमा गम्भीर असर परिरहेको बताएको छ ।

समग्रमा भन्दा मुलुक इतिहासकै सवैभन्दा गम्भीर संकटतर्फ उन्मुख  रहेको भन्दै महासंघले  महामारीको यो अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र बाँच्न पाउने अधिकारको रक्षानै हो  भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रले महामारीमा नेपाल सरकारलाई दरिलो साथ र सहयोग दिंदै आएको छ भने अत्यावश्यक वस्तुहरूको आपूर्तिमा अहोरात्र खटिरहेको छ ।’

यसैगरी महासंघले महामारीमा मुलुकको आपूर्ति प्रणालीमा कुनै रोकावट आउन नदिन आफू र आफ्नो परिवारको समेत ज्यान जोखिममा राखेर अहोरात्र खटिरहेका सम्पूर्ण उद्यमी व्यवसायीहरूलाई धन्यवाद पनि दिएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्