ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बढ्यो चीनमा सवारी साधनको विक्री

२०७७ असोज, २७  
अन्तरराष्ट्रिय
Image Not Found
विदेश निर्यातका लागि चीनको लियान्गुङ पोर्टमा राखिएको अवस्थामा फेब्रुअरी १४ मा खिचिएको फाइल फोटो

असोज २७, पेचिङ (चीन) । चीनमा सवारी साधनको विक्री बढेको छ ।  कोरोना भाइरसको महामारी कारण केही समय शिथिल रहेको चिनियाँ अर्थतन्त्रमा व्यापक सुधार आउन थालेसँगै अटो बजारमा पनि पुनर्बहाली आएको हो ।

चिनियाँ अटोमोबाइल उत्पादक संघका अनुसार अगष्टको तुलनामा सेप्टेम्बरमा सवारी साधनको विक्री ७ दशमलव ४ प्रतिशतले बढेको छ । अगष्टमा पनि मासिक विक्री ११ दशमलव ६ प्रतिशतले बढेको थियो ।  

गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो नौ महीनामा भने विक्री  ६ दशमलव ९ प्रतिशतले घटेको थियो । महामारीका कारण कलकारखाना बन्द हुनु अघि नै चीनमा सवारी साधनको विक्री घटेको थियो ।

अर्थतन्त्रमा आएको सुस्ती र अमेरिकासँगको व्यापार युद्धको चपेटामा अटो क्षेत्र आएको थियो । गत वर्ष पनि सवारी साधनको विक्री ९ दशमलव ६ प्रतिशतले घटेको थियो । रासस/ एपी  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्