ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ओपेकले घटायो सन् २०२१ को कच्चा तेलकोे माग प्रक्षेपण 

२०७७ असोज, २७  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २७, रियाद (साउदी अरब) । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) ले आगामी वर्षको कच्चा तेलको माग प्रक्षेपण घटाएको छ । 

कोरोना भाइरसको संक्रमणमा भएको वृद्धितर्फ औंल्याउँदै सन् २०२१ मा तेलको मागमा पुनर्बहाली यस अघि अनुमान गरिएभन्दा सुस्त रहने मंगलवार ओपेकले बताएको हो ।

आगामी वर्ष माग दैनिक ६५ लाख ४० लाख ब्यारेलले बढेर ९ करोड ६८ लाख ४० हजार ब्यारेलमा पुग्ने मासिक प्रतिवेदनमा ओपेकले बताएको हो । यो वृद्धि प्रक्षेपण यसअघि अनुमान गरिएभन्दा ८० हजार ब्यारेल कम हो । 

कोरोना भाइरसको महामारीको कारण विश्वको यात्रा तथा आर्थिक गतिविधि घटेपछि तेलको भाउ ह्वात्तै घटेको छ । तीन चौथाई लकडाउन हटेर मागमा पुनर्बहाली आउने अपेक्षा गरिएको भएपनि आर्थिक सुधारको गति भने फेरी घट्न थालेको छ । 

कोरोना भाइरसको संक्रमण फेरि उच्च दरमा बढ्न थालेसँगै अनिश्चय बढेकोले यस वर्षको तेस्रो त्रैमासमा देखिएको उल्लेख्य पुनर्बहाली चौथो त्रैमास र आगामी वर्षभर नदेखिने प्रतिवेदनमा ओपेकले बताएको छ । ओपेकले लगातार आगामी वर्षको तेलको माग प्रक्षेपण घटाइरहेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्