ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

४.४ % ले खुम्चदै विश्व अर्थतन्त्र : अन्तरराष्ट्रिय मुद्रा कोष

२०७७ असोज, २७  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २७, वाशिङटन डीसी (अमेरिका) । यस वर्ष विश्व अर्थतन्त्रमा गहिरो संकुचन आउने बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मंगलवार बताएको छ । 

कोषका अनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर ऋणात्मक ४ दशमलव ४ प्रतिशत रहनेछ । हालै सार्वजनिक भएको ‘वल्र्ड इकोनोमिक आउटलुक’ शीर्षकको प्रतिवेदनमा कोषले यस्तो बताएको हो । यो यस अघि गरिएको प्रक्षेपणको तुलजामा शून्य दशमलव ८ प्रतिशत उच्च हो । 

प्रतिवेदन अनुसार कोरोना भाइरसको महमाकारीबाट चीनको अर्थतन्त्रमा अचम्म लाग्ने गरि छिट्टै पुनर्बहाली आएको भएपनि विश्व अर्थतन्त्र सामु भने अवरोधहरु बाँकी नै छन् ।

संकट पार हुने अवस्थाभन्दा निकै पर रहेको कोषकी प्रमुख अर्थशास्त्री गिता गोपिनाथले बताइन् । प्रतिवेदनअनुसार सन् २०२१ मा भने विश्व अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले बढ्नेछ । यो जुनमा गरिएको प्रक्षेपणभन्दा शून्य दशमलव २ प्रतिशत कम हो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्